अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

कुवेतमा नेपालीद्धारा नेपालीकै हत्या

बिआरटीनेपाल २०७६ वैशाख १९ गते ९:५५ मा प्रकाशित

कुवेतमा एक नेपाली युवतीले अर्का नेपालीको हत्या गरेकी छिन् । बिगत चार वर्षदेखि अवैध रुपमा एउटै कोठामा बस्दै आएकी पोखराकी युवती माया गुरुङले कोठामै साथीको हत्या गरेकी हुन् । मायाले ‘लिभिङ टुगेदार’को रुपमा वस्दै आएका तनहुँका खेम विकलाई बुधबार छुरी प्रहार गरी हत्या गरेको कुवेत प्रहरीले जनाएको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेत प्रहरीले अनुसन्धानका लागि माया गुरुङलाई पक्राउ गरेको छ भने विकको शवलाई पोष्टमार्टमका लागि फोरेन्सिक विभागमा लगिएको छ । दुतावासका अनुसार अहिलेसम्म घटनाको विस्तत विवरण आइसकेको छैन, प्रहरीसँग थप विवरण लिने काम भने जारी रहेको छ ।

मृतक बिक र माया कुवेतको मंगाफस्थित ब्लक ४ मा बस्दै आएका थिए । घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी माया आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएकी थिइन । माया र खेमबीच लामो समयदेखि आपसी विवाद भइरहेको सो क्षेत्रमा रहेका नेपालीले बताएका छन् ।

उनीहरुका अनुसार मृतक विकलाई छाती र पछाडि छुरा प्रहार भएको देखिन्छ । उनलाई सेतो कपडाले बेरेको अवस्थामा त्यही घरमा बस्दै आएका नेपालीहरुले देखेका थिए । प्रहरीले थप अनुसन्धानका लागि सो घरमा बस्दै आएका २० जनालाई पक्राउ गरी लगेको छ । सो घरमा अधिकांश अवैध रुपमा वस्दै आएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू