अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

आइसिसीको एकदिवसीय वरियतामा नेपाल १४ औँ स्थानमा यथावत्

बिआरटीनेपाल २०७६ वैशाख १९ गते ९:४२ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १४औँ स्थानमा यथावत रहेको छ । आइसिसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ५२ अङ्कसहित १४औँ स्थानमा यथावत रहेको छ । संयुक्त अरब इमिरेट्स (युएइ) मा सम्पन्न युएइ विरुद्वको एकदिवसीय सिरिज खेलेपछि नेपालले आइसिसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

त्यतिबेला नेपालले युएइविरुद्व तीन खेल खेलेको थियो । गत माघमा भएको उक्त प्रतियोगितामा नेपालले युएइलाई २–१ ले पराजित गरेपछि एकदिवसीय मान्यता पाएको थियो। युएइ नेपाल भन्दा एक स्थान तल छ । युएइ १५औँ स्थानमा छ भने केही समयअघि मात्र एकदिवसीय मान्यता पाएको पपुवा न्युगिनी १६ औँ स्थानमा छ । नयाँ वरियताको शीर्ष स्थानमा इङ्ग्ल्याण्ड, दोस्रो स्थानमा भारत, तेस्रोमा दक्षिण अफ्रिका, चौथोमा न्यूजिल्याण्ड र पाँचौँ स्थानमा अष्ट्रेलिया रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू