अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

नेपाली चलचित्र ‘गोपी’ एम्याजन प्राइममा

बिआरटीनेपाल २०७६ वैशाख १९ गते ९:०० मा प्रकाशित

कोलोराडो । नेपाली चलचित्र ”गोपी” एम्याजन प्राइममा आएको छ । अनलाइनको विशाल व्यावसायिक संस्था ‘एम्याजन’ को सामान २-दिनमा घरमा आउने सदस्यता लिएका प्राइमका सदस्यले चलचित्रको पनि सुविधा पाएका छन् । वर्षको ११९ डलरमा एम्याजन प्राइमको सदस्यता लिन सकिन्छ । सरकारी सुविधा मेडिकड र फुड स्ट्याम्प पाउने परिवारले महिनाको ५ डलर ९९ सेन्ट्समा एम्याजन प्राइमको सदस्यता पाउँछन् ।

दीपेन्द्र लामाको निर्देशन रहेको यस चलचित्रमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अङ्कित खड्काको मुख्य भूमिका छ । विपिन र सुरक्षाले पहिलो पटक सँगै काम गरेका हुन् ।

गत वर्ष माघमा सार्वजनिक चलचित्रमा एमए पढे पनि गाई पालेर दूध बेच्ने एक जना युवाको कथा छ । बाँकी देशका समस्याहरू यसैसँग जोडिएर आएका देखिन्छन् । पृथक् कथामा बनेको २ घण्टा १ मिनेट लामो यो चलचित्र व्यावसायिकभन्दा भिन्न शैलीको छ ।

प्राइममा ”गोपी” भन्दा पहिले अर्को चलचित्र “शत्रु गते” आएको थियो ।

प्रतिक्रिया