अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०४ | Colorodo: 11:19

एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टमा कानुनविद् गुरुङको उम्मेदवारी

माधव गुरुङ २०७६ वैशाख १९ गते ८:५३ मा प्रकाशित

न्यूह्यासर, अधिकारकर्मी एवं कानुनविद् छत्रकुमारी गुरुङले गैरआवशीय नेपाली सङ्घ अमेरिका (एनआरएन) को आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएकी छिन् । नेपालमा लामो समय मानव अधिकार र कानुनी क्षेत्रमा काम गरी सकेकी गुरुङले आफ्नो योग्यता, दक्षता र अनुभवलाई एनआरएनको समग्र हितमा लगाउन उम्मेदवारी दिएको बताइन् । यसै गरी उनले सबल, सक्षम र समावेशी एनआरएन बनाउनका लागि पनि आफूले उम्मेदवारी दिएको प्रस्ट पारिन् । ‘मेरो कार्यदक्षता, अनुभव र योग्यतालाई एनआरएनको बृहत्तर हित र संवृद्धिमा खर्चिनेछु’ उम्मेदवार गुरुङले भनिन् ‘मलाई आशा छ, यो मेरो योग्यता, क्षमता र कार्यगत अनुभवलाई एनआरएनको हितमा लगाउने अवसर अवश्य नै पाउनेछु ।’

गुरुङले नेपालको अन्तरिम संविधान मस्यौदा समितिको सदस्यसमेत रहेर संविधान लेखनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । यसअघि एनआरएन अमेरिकाको महिला समिति र विधान समितिमासमेत रहेरे काम गरिसकेकी गुरुङको उम्मेदवारीलाई अमेरिकाको अधिकांश राज्यहरूमा चासोकासाथ हेरिएको छ ।

विगत एघार वर्षदेखि अमेरिकाको न्यूह्यामसर राज्यमा बस्दै आएकी गुरुङले न्यूह्यामसर नेपाली समाज, अन्तर्राष्ट्रिय साहित्य समाज न्यूह्यामसर, एभरेस्ट लायन्स क्लब न्यूह्यामसर र गुरुङ समाज न्यूह्यामसरलगायतका दर्जनौँ सङ्घसंस्थामा विभिन्न पदमा रहेर कामको अनुभव सँगाली सकेकी छन् ।

नेपाली कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको पूर्व केन्द्रीय सदस्य एवं सर्वोच्च अदालतमा वकिलसमेत रहेर काम गरिसकेकी गुरुङ कानुनी सहयोग तथा परामर्श केन्द्र नेपाल र जनजाति महिला कानुनी सचेतना समूहको संस्थापक अध्यक्ष समेत हुन् ।

सम्बन्धित सामग्रीहरू