अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 06:37

पोखरामा ‘इञ्जोय जोन’ बनाईने

बिआरटीनेपाल २०७६ वैशाख १८ गते १०:१७ मा प्रकाशित

पर्यटकीय नगरी पोखरामा मनोरञ्जन क्षेत्र अर्थात “इन्जोय जोन” बनाईने भएको छ । गण्डकी प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले इञ्जोय जोन बनाउने तयारी गरेको हो । इञ्जोय जोनमा गइसकेपछि पर्यटकले चाहेको सबै आनन्द र स्वाद लिन पाउने बताईएको छ । जसमा खाना, खाजा, खेल्ने, रमाउने, स्विमिङ लगायतका बिभिन्न सुबिधा उपलव्ध हुनेछन् ।

इञ्जोय जोनमा प्रहरी प्रशासनको पहुँच हुने छैन । भित्र कुनै लफडा वा लडाईं झगडा भइहाले त्यहींको आन्तरिक प्रशासनले हेर्ने व्यवस्था गरिने पर्यटन मन्त्रालयले जनाएको छ । विदेशीहरुलाई मध्यनजर गरेर इन्जोय जोन बनाउन लागिएको मन्त्रालयको दावी रहेको छ ।

पोखरामा बन्ने इञ्जोय जोन डेनमार्क र थाइल्याण्डको जस्तो भने नहुने बताईएको छ । इञ्जोय जोन बनाउनका लागि बजेटसमेत विनियोजन गरिएको पर्यटनमन्त्री बिकाश लम्सालले जानकारी दिनु भयो । मन्त्री लम्सालका अनुसार पर्यटनमा नयाँ गन्तव्य थप्नका लागि अध्ययन, अनुसन्धान र डिपिआर तयार गर्न प्रदेश सरकारले ९ करोड बजेट छुट्याएको छ । इञ्जोय जोन बनेपछि पर्यटक आकर्षित हुने, पर्यटकको संख्यामा बृद्धि हुने र आएका पर्यटकको बसाई लम्विने मन्त्रालयको ठम्याई रहेको छ ।

युरोप र अमेरिकामा इञ्जोय जोनमा लागू पदार्थसमेत सेवन गर्न पाइने ब्यबस्था हुन्छ, जसमा गाँजा, भाङ, धतुरोदेखी मदिराजन्य सबै तथा यौन तथा यौनजन्य क्रियाकलाप गर्न तथा गराउन पाइन्छ । इञ्जोय क्षेत्रमा सुरक्षाको पूर्ण ज्ञारेन्टी हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू