अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

कोलोराडोमा नेपाली पाठशाला शनिवार देखी सुरु हुँदै

बिआरटीनेपाल २०७६ वैशाख १८ गते १०:१९ मा प्रकाशित

अमेरिकाको कोलोराडो राज्यको अरोरा सहरमा अरोरा नेपाली भाषा कक्षा पाठशाला शनिवारबाट सुरु हुने भएको छ । सेन्टिनियल स्थित द पोर्च चर्च (19401 E Chenango Dr, Centennial, CO 80015) मा प्रत्येक शनिवार दिनको २:०० बजेबाट ४:०० बजे सम्म सञ्चालन हुनेछ । स्थानीय सिलसिला थापा कार्कीले अध्यापन गराउने नेपाली भाषा कक्षामा उपस्थित छात्र छात्राहरूलाई पढ्न लेख्न, नेपाली कार्टुन देखाउने, अवलोकन भ्रमण गराउने जस्ता माध्यमबाट भाषा सिकाउने योजना रहेको छ ।

पाठशाला सञ्चालन आउने पहिलो दिन शनिवार मे ५ शनिवार दिनको १:३० देखी नेपाली पाठशालाको उद्घाटन, सूचना जानकारी गराउने, विद्यार्थी भर्ना, शिक्षकसँग कुराकानी आदि गरिने भएको छ । स्कुलमा भर्ना हुन चाहनेले एक चोटिको लागि रजिस्ट्रेसन फि २५ डलर र महिनाको १० डलर तिर्नु पर्नेछ । उक्त रकम स्कुल सामाग्री, शिक्षकको एलाउन्स, चर्चको रेन्टमा प्रयोग गरिने भएको छ ।

मे ११ शनिवार देखी नियमित रूपमा प्रत्येक शनिवार कक्षा सञ्चालन हुने भएको छ । कक्षा दुई चरणमा गरिने भएको छ । दिनको २ बजे देखी ३ बजे सम्म ५ वर्ष देखी ११ वर्ष सम्मका बाल बलिका र ३ बजे ४ सम्म १२ देखी १८ वर्षका बाल बालिकालाई समावेश गराइने भएको छ । 

प्रतिक्रिया