अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५९ | Colorodo: 02:14

कोलोराडोमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग अन्तरक्रिया तथा भेटघाट हुँदै

बिआरटीनेपाल २०७६ वैशाख १८ गते ८:४६ मा प्रकाशित

अमेरिकाको निजी भ्रमणमा रहनुभएका पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधव नेपाल र अमेरिकामा रहेका प्रवासी नेपालीहरुवीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । प्रवासी नेपाली मञ्च कोलोराडो राज्य समितिको आयोजनामा भोली अर्थात मे २, बिहीबारका दिन बिहान ११:३० बजे कोलोराडो वेष्टमिनिस्टरको याक एन्ड यति रेस्टुरेन्टमा कार्यक्रमको आयोजना गरिएको हो । आफ्ना भाईको छोरीको बिहेमा सरिक हुन नेता नेपाल बुधवार डेनभर, कोलोराडो आउनुभएको हो ।

प्रधानमन्त्री नेपाल मार्फत नेपालको वर्तमान अवस्था र सरकारको आगामी यात्राको बारेमा अमेरिकामा रहेका नेपालीलाई थप जानकारी दिन उद्देश्यले कार्यक्रममा आयोजना गरिएको प्रवासी नेपाली मञ्च कोलोराडोका महासचिव विजय बगालेले बिआरटी नेपाललाई बताउनु भयो । कोलोराडोमा बस्ने सम्पूर्ण नेपाली दाजु भाइ दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई दिन पनि उहाँले आग्रह गर्नु भएको छ ।

कार्यक्रम हुने ठेगाना
Yak & Yeti Restaurant
8659 Sheridan Boulevard,
Westminster, CO 80003

मिती तथा समय:
बिहिबार मे २, २०१९
बिहान ११:३० बजे

प्रतिक्रिया