अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५४ | Colorodo: 10:09

साफ १८ वर्ष मुनिको पुरुष फुटबल च्याम्पियनसिप नेपालमा हुने

बिआरटीनेपाल २०७६ वैशाख १७ गते ९:४१ मा प्रकाशित

साफ १८ वर्ष मुनिको फुटबल च्याम्पियनसिप नेपालमा हुने भएको छ । काठमाडौंमा आज बसेको दक्षिण एसियाली फुटबल महासंघको साधारण सभाले साफ १८ वर्ष मुनिको पुरुष फुटबल च्याम्पियनसिप नेपालमा आयोजना गर्न दिने सहितको कार्यतालिका पारित गरेको छ ।

प्रतियोगिता यसै वर्षको सेप्टेम्बर २० देखी २९ सम्म काठमाडौंमा हुनेछ । बैठकले यस वर्षका लागि उमेर समुहका तीन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । पुरुषको साफ १५ वर्ष मुनिको च्याम्पियनसिप अगष्ट २२ देखि ३१ सम्म भारतमा र महिलाको साफ १५ वर्ष मुनिको च्याम्पियनसिप आयोजनाको जिम्मेवारी भुटान वा बंगलादेश मध्य एक देशलाई दिने निर्णय भएको छ ।

महिला प्रतियोगिता अक्टोबर ९ देखि १८ सम्म सञ्चालन गरिने कार्यतालिकामा समावेश छ ।

प्रतिक्रिया