अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०५ | Colorodo: 10:20

अनेसास जापानको स्वर्ण शृङ्खला सम्पन्न , पुर्व अध्यक्षहरु सम्मानीत

बिआरटीनेपाल २०७६ वैशाख १६ गते १०:४१ मा प्रकाशित

अन्तराष्ट्रिय नेपाली साहित्य (अनेसास) जापान च्याप्टरको गौरवमय स्वर्ण (५० औं) शृङ्खला सम्पन्न भएको छ । टोकियोमा आयोजित एक बिशेष कार्यक्रमका बीच कवि तथा गीतकार रमेश पौडेल र युवा आख्यानकार मीनराज बसन्तको प्रमुख अतिथ्यतामा स्वर्ण शृङ्खला कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालमा हालसालै मात्र प्रकाशित बसन्तको आख्यान पिपिरीको जापान लोकार्पण तथा केन्द्रको मुखपत्र अन्तरदृष्टीको पनि विमोचन गरिएको थियो । कार्यक्रममा बोल्दै अनेसास जापानका पूर्व अध्यक्ष बेलुकाजी थापाले विगतमा एउटा होटलको कोठा र टेबलबाट सुरु भएको अनेसास जापानको यात्रा अहिलेसम्मको अवस्थामा आईपुगेको बताउनुभयो ।

केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ’माइला’ले केन्द्र र च्याप्टरको बीचमा हातेमालो गर्दै अगाडि बढ्नका लागि आफूले भूमिका खेल्ने बताउनुभयो । सो अवसरमा सल्लाहकार तिलक मल्ल, सुस्मा ओमाता, दिनेशराज ज्ञवाली, शिवप्रसाद पौडेल लगायतले अनेसासले गरेका विभिन्न गतिबिधीका बारेमा मन्तव्य राख्नुभएको थियो ।

लोकार्पित कृतिको समिक्षा गर्दै प्रमुख अतिथि रमेश पौडेलले पिपिरी बाल्यकालीन दिनको सुन्दर चित्रण भएको बताउनुभयो । पिपिरीमा बसन्तले बाल मनोविज्ञान, गाउँले चरित्र र नारी समवेदनालाई कुशलतापूर्वक आख्यानीकृत गरेको उहाको भनाई थियो ।

सो अवसरमा कृतिका लेखक बसन्तले आफू अरबमा बसेर मुदिर लेखेको स्मरण गर्दै एउटा लेखकले लेखेरै पनि देश विदेश घुम्न सक्ने र अनेसास जापानले आफ्नो सपना ले पूरा गरिदिएको बताउनुभयो । संस्थाका अध्यक्ष दीप पाठकले अनेसाससँग आफ्नो घनिष्ठता रहेको उल्लेख गर्दै संस्थालाई आफूले बलियो र गतिशील बनाउने प्रतिवद्धता जनाउनुभयो ।

स्वर्ण शृङ्खलाकै अवसरमा समग्र संस्था र जापानको साहित्यलाई सहयोग गरेका पूर्व अध्यक्षहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा दुई दर्जन स्रस्टाले रचना वाचन गरेका थिए । यसैवीच, ’अनेसास जापान “सिटी एक्सप्रेस” कविता प्रतियोगिताको नतिजा घोषणा गरी तीन स्रस्टा सबिना रेग्मी, शरद पोख्रेल र दीप मुस्कानलाई समान रूपमा नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू