अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 08:01

उपाधि बिजेता यू १६ क्रिकेट टोली स्वदेश फिर्ता

बिआरटीनेपाल २०७६ वैशाख १६ गते १०:०९ मा प्रकाशित

एसिसी यू– १६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको बिजेता नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ । थाइल्याण्डमा रहेको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ । नेपालले आइतबार थाइल्यान्डमा भएको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गरेर उपाधि रक्षा गरेको थियो ।

विमानस्थलमा पत्रकारसँग बोल्दै कप्तान विक्रम केसीले टुर्नामेण्टमा आफूहरूले क्रिकेटसम्बन्धी धेरै कुरा सिक्न पाएको बताउनुभयो । नयाँ खेलाडीहरूले विभिन्न देशका खेलाडीसँग खेल्दा आफ्नो गुणस्तरको मापन गर्न पाएको समेत उहाँको भनाई थियो ।

फाइनलमा नेपालले मलेसियालाई हराएर उपाधि कब्जा गरेको थियो। जारी क्रिकेटमा नेपालले हरेक खेलमा सजिलै जित हासिल गरिरहेको थियो । थाइल्याण्डमा २० अप्रिलबाट सुरू भएको एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटका लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोली रहेको थियो ।

टोलीमा कप्तान विशालसँगै आसिस भट्टराई, प्रशान्त महत, आर्जु कुमाल, दीपक बोहरा, सुवास ऐर, निखिलकुमार सिंह, विशालकुमार पटेल, कृश कार्की, तिलक राज भट्टराई, रोहन विक, प्रशान्त सिंह र सुशान्त थापा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू