अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 21:36

उपचारका क्रममा ९ महिने बालकको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड

बिआरटीनेपाल २०७६ वैशाख १४ गते १०:२५ मा प्रकाशित

चितवन मेडिकल कलेजमा उपचारका क्रममा ९ महिनाको बच्चाको ज्यान गएपछि परिवार र आफन्तले अस्पातलमा तोडफोड गरेका छन् । सामान्य रुघाखोकीको उपचार गराइरहेका रुपेश घिमिरेका ९ महिनाका छोरा रुप्सन घिमिरेको ज्यान गएपछि आक्रोसित परिवार र आफन्तले अस्पतालको मुख्य प्रवेशद्वारमा तोडफोड गरेका हुन् ।

अस्पातलको लापरबाहीको कारण बच्चाको ज्यान गएको र अस्पातलले शवसमेत गायब बनाएको मृतकका आपन्तले आरोप लगाएका छन् । अस्पातलको चरम लापबाहीको कारण ज्यान गएको र आफुहरूलाई खबर नै नगरी शव गायब गराएको उनिहरूले आरोप लगाएका छन् । गत २ गते नर्सले इन्जेक्सन दिने क्रममा बच्चाको श्वास प्रश्वासमा समस्या भएपछि सिपिआर गरिएको बच्चाका बुबा रुपेशले बताउनुभयो । त्यसपछि उपचारका लागि भेन्टिलेटरमा राखिएको नाबालक रुप्शनको १० गते ज्यान गएको भन्दै अस्पताल प्रशासनले खबर गरेको घिमिरेको भनाई छ ।

बच्चाको ज्यान गएको खबर अस्पातलबाट पाएपछि शव बुझ्न जाने क्रममा अस्पातलले शव नै गायब गरेको उहाँको आरोप रहेको छ । उहाँले आफूहरूलाई जानकारी नै नगराई बच्चाको शवलाई भरतपुर सरकारी अस्पातलमा पुर्याईएको आरोप समेत लगाउनुभएको छ ।

घटनाबारे चितवन मेडिकल कलेजले अहिलेसम्म केही जानकारी उपलब्ध गराएको छैन । उक्त घटनापछि अस्पताल प्रशासन, बच्चाका परिवार, आफन्त र मजदुर सङ्गठनका नेताहरूबीच वार्ता भए पनि कुनै निष्कर्ष निस्कन नसकेको बताईएको छ । अस्पतालले उपचारमा लागेको खर्च ब्यहोर्ने बताएको र परिवारले अस्पतालले गम्भीर लापरबाही गरेकोले १० लाख रुपैयाँ क्षतिपूर्ती दिनुपर्ने माग राखेको स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू