अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५८ | Colorodo: 15:13

अज्ञात रोगका कारण हुम्लामा ८ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ वैशाख १४ गते १०:०१ मा प्रकाशित

हुम्लाको ताँजाकोट गाउँपालिकामा फैलिएको अज्ञात रोगका कारण ८ जनाको मृत्यु भएको छ ।े रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन् । एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शनिवारसम्म मर्नेको संख्या ८ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिनुभएको छ ।

बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ । रोगबाट गाउँपालिका मैला, मदानलगायतका गाउँका मानिस बिरामी परेको स्थानीय बासिन्दाले बताएका छन् । शुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ ।

ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुनुका साथै स्वाथ्यकर्मी नबस्नुकै कारण उपचारमा समस्या हुँदै आएको स्थानीयवासीले बताएका छन् । एक हप्ताअघि पानी परेसँगै रोग फैलिएको जनाईएको छ । मृत्यु हुनेको श्वासप्रश्वास र दमसम्बन्धी समस्या रहेको बताईएको छ । घटनास्थल सदरमुकाम सिमिकोटदेखि ४५ कोश टाढा भएकाले के रोगका कारणले ज्यान गएको हो भन्ने जानकारी नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताउनुभयो ।

औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिन र उक्त रोगको रोगथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोलीलाई घटनास्थलमा पठाउने तयारी भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू