अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 02:42

गुल्मीको दजाकोटमा झाडापखलाको महामारी, १ सय ५० जनाभन्दा बढी बिरामी

बिआरटीनेपाल २०७६ वैशाख १४ गते १०:०० मा प्रकाशित

गुल्मीको मुसिकोट नगरपालिका ४ बडागाउँको दजाकोटमा फैलिएको झाडापखलाको महामारी फैलिएको छ ।महामारीका कारण १ सय ५० जना भन्दा बढी बिरामी भएका छन् । महामारीको कारण पानीमा कोलिफर्म भएको पत्ता लागेको छ । दुषित पानी पिएका कारण गाउँभरी नै महामारी फैलिएको हो ।

स्थानीय बासिन्दाले नुरखोलाको पानी पिएका थिए । सो पानीमा कोलिफर्म मिसीएको कारण यस्तो प्रकोप भएको प्रारम्भिक अनुसन्धानले देखाएको मुसिकोट नगरपालिकाका जनस्वास्थ्य शाखाका प्रमुख डिबी जिसीले जानकारी दिनुभयो । पानीको नमुना थप परीक्षणको लागि काठमाण्डौ पठाइएको उहाँले बताउनुभयो । बैशाख १० गते साँझदेखी दजाकोटमा झाडापखालाको महामारी फैलिएपछि कारण सिंगो गाउँ नै बिरामी परेको छ ।

८६ घरधुरी रहेको गाउँका सबैजसो घरमा बिरामी परेपछि नगरपालिकाको संयोजनमा बिहीबारदेखि पशुपति निमाविको भवनमै स्वास्थ्य शिविर सञ्चालन गरिएको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो । जनस्वास्थ्य कार्यालयका मेडिकल अधिकृत महेश श्रेष्ठको टोली पनि शिविरमा औषधिसहित पुगेको छ । बिरामी बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाण्डौमा थप सहयोगको लागि पत्राचार गरिएको नगरपालिकाले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय गुल्मीबाट पनि स्वास्थ्यकर्मी झिकाइएको छ । शिविरमा मुसिकोट हेल्थपोस्ट, वामी हेल्थपोस्ट र वडागाउँ हेल्थपोस्टबाट पनि स्वास्थ्यकर्मी र औषधिसहितको टोली परिचालन गरेर नियन्त्रण प्रयास भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू