अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१२ | Colorodo: 09:27

नेपालीकाे प्रतिव्यक्ति आय एक हजार ३४ डलर पुग्यो

बिआरटीनेपाल २०७६ वैशाख १३ गते ९:४४ मा प्रकाशित

नेपालीकाे प्रतिव्यक्ति आय वार्षिक एक हजार ३४ अमेरिकी डलर पुगेकाे छ। राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेकाे लेखा प्रतिवेदनअनुसार गत वर्षकाे तुलनामा २६ डलर वृद्वि भइ एक हजार ३४ डलर पुगेकाे हाे। त्यसैगरी, याे वर्ष आर्थिक वृद्धिदर ६.८१ प्रतिशत रहने विभागको अनुमान छ।

याेसँगै सरकारले तेस्राे पटक उच्चदरकाे आर्थिक वृद्वि हासिल गर्ने देखिएको हो। यस वर्ष सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्य लिएको थियो। चालु मूल्यअनुसार कुलग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा ३४  खर्ब ६४ अर्ब ३१ करोड रहेको छ।

चालु मूल्यअनुसार भने २९ खर्ब ३२ अर्ब रहेको छ। गत वर्ष यस्तो जिडिपी २६ खर्ब रहेको थियो। जिडिपीको ८० प्रतिशत उपभाेग खर्च भएकाे छ। कुलगार्हस्थ उत्पादनमा प्रदेश तीनकाे याेगदान ३६ प्रतिशत रहेकाे छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू