अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 23:41

पोखरामा पर्यटकीय स्थलको फोटो प्रदर्शनी

बिआरटीनेपाल २०७६ वैशाख १३ गते ९:३३ मा प्रकाशित

राष्ट्रिय फोटो दिवसको अवसरमा आज पोखरामा पर्यटकीयस्थलको फोटो प्रदर्शनी गरिएको छ । ‘आजको अनिवार्यता, सशक्त व्यवसायिक फोटो पत्रकारिता’ भन्ने नाराका साथ गण्डकी प्रदेशस्तरीय फोटो प्रदर्शनीको आयोजना गरिएको हो ।

नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेश तथा कास्की शाखाको आयोजना र पर्यटन बोर्डको प्रवद्र्धनमा गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यका ५० वटा फोटो फेवाताल किनारको बाराहीचोकको खुला सडक पेटीमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनीमा गण्डकी प्रदेशका ११ जिल्लाका फोटोहरु राखिएको छ । माछापुच्छ«े, अन्नपूर्ण, मुस्ताङ, मनाङ, पोखरा, लमजुङ लगायतका पर्यटकीय स्थलका फोटोहरु प्रदर्शनकिा आकर्षण रहेका छन् । प्रदर्शनीमा पत्रकार कृष्णमणि बराल, राम गुरुङ, अशेष शाक्य, प्रदीप पौडल, इन्द्र पौडेल, उमेश पुन, नारायण आचार्य, दुर्गा पौडेल, सञ्जय श्रेष्ठ, सुरज श्रेष्ठ, ओम लामा, सागरराज तिमिल्सिना, दीपक परियार लगायत १४ जना पत्रकारले खिचेका फोटोहरु राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू