अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

चीनको सान्सी स्थित होटेलमा फहराईयो नेपालको झण्डा

बिआरटीनेपाल २०७६ वैशाख १२ गते ९:५२ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीनको सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास स्वरुप होटेलको छतमा नेपाली राष्ट्रिय झण्डा फहर्याईएको छ । सान्सीका अधिकारीहरुको पहलमा होटेलको छतमा नेपालको झण्डा फहराइएको छ ।

राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा बुधबार सान्सी प्रान्तको केन्द्र सियान पुग्नुभएको छ । सन् १९५३ मा स्थापना हुँदा यो होटेल सान्सी प्रान्तको सरकारी अतिथिगृहको रुपमा रहेको थियो ।

फ्रान्सेली कम्पनी सोफिटेल लिजेन्डसँग व्यापारिक साझेदारीमा परिणत यस होटेलको नाम हाल सोफिटेल लिजेन्ड पिपल्स ग्रान्ड होटेल रहेको छ । सियान सान्सी प्रान्तको केन्द्र हो भने यसको जनसंख्या करिब १ करोड भएको अनुमान गरिएको छ । सान्सी प्राप्तको जनसंख्या ३ करोड ८० लाख भएको अनुमान गरिएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू