अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

‘अनुत्तीर्ण’ अस्थायी शिक्षकहरु आन्दोलित

बिआरटीनेपाल २०७६ वैशाख १० गते १०:१२ मा प्रकाशित

अस्थायी शिक्षकहरुले आफूहरुका माग सम्बोधन गर्नेगरी संघीय शिक्षा ऐन बनाउन माग गरेका छन् । अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ऐनमार्फत् फेरि आन्तरिक प्रतिस्पर्धा गराइ आफूहरुका माग सम्बोधन गर्नुपर्ने माग राखेका हुन् ।

सरकारले अस्थायी शिक्षकहरुका माग सम्बोधन गर्न चासो नदिएको र अवैज्ञानिक तरिकाले परीक्षा लिएर आफूहरुलाई हटाउन खोजेको उनीहरुको आरोप छ । सरकारले देशभरका २६ हजार अस्थायी शिक्षकहरुलाई स्थायी बनाउन गत असारमा परीक्षा लिएको थियो । जसमा १३ हजार शिक्षक अनुत्तीर्ण भएका थिए । अहिले तिनै शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू