अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५ | Colorodo: 09:10

रसुवागढीमा स्याउ लोड गरेको ट्रकबाट ७ किलो सुन बरामद

बिआरटीनेपाल २०७६ वैशाख १० गते १०:११ मा प्रकाशित

प्रहरीले रसुवागढी नाका हुँदै अवैध रूपमा ल्याइएको ७ केजी सुन बरामद गरेको छ । सशस्त्र प्रहरी भन्सार राजश्व गस्ती टिमुरे र नेपाल प्रहरीको संयुक्त टोलीले मंगलबार स्याउ लोड भएको ट्रकबाट उक्त परिमाणको सुन बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार अपराह्न ना ६ ख ९०६८ नम्बरको ट्रकमा खानतलासी गर्दा सुन भेटिएको जानकारी दिनुभयो । चीनको केरुङबाट स्याउ बोकेर सो कन्टेनर नेपाल आएको थियो ।

सुन नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरे स्थित घट्टेखोलाबाट अपराह्न ४ बजे बरामद गरेको हो । सुनसहित चालक नौकुण्ड गाउँपालिकाका १ का ग्याल्बो घलेलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । अवैध सुन ओसारपसारमा अन्य व्यक्तिहरु पनि संलग्न हुन सक्ने हुदाँ अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू