अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५ | Colorodo: 09:10

विप्लवका तेस्रा ठूला नेता सुदर्शनलाई थुनामा राख्न अदालतको आदेश

बिआरटीनेपाल २०७६ वैशाख १० गते १०:०६ मा प्रकाशित

नक्खुस्थित एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको अभियोगमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यनिस्ट पार्टीका मध्य कमाण्ड इन्चार्ज हेमन्त प्रकाश वली ’सुदर्शन’सहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर जिलला अदालतले आदेश दिएको छ ।

ललितपुर जिल्ला अदालतले मंगलबार हेमन्तप्रकाश ओली, शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई र वीरबहादुर कठायतलाई थुनामा पठाउन आदेश दिएको हो । श्याम गुरुङले दिएको रिटमा सुनुवाइ गर्दै उनीहरूलाई थुनामा पठाउन आदेश भएको जिल्ला अदालत ललितपुरले जनाएको छ । बम विस्फोट गराइ कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको अपराध, विध्वंसात्मक कार्य, संगठीत अपराधसम्बन्धि मुद्दा लगाइएको छ ।

ललितपुरको नक्खुमा रहेको एनसेल कार्यालयमा २०७५ फागुन १० गते बम विस्फोट गरिएको थियो। जसमा एकजनाको मृत्यु भएको थियो भने तीन जना गम्भीर घाइते भएका थिए । उक्त विस्फोटको विप्लवको पार्टीको तेस्रो वरियताका नेता वलीले सार्वजनिक रूपमा जिम्मेवारी लिएका थिए । वलीलाई काभ्रेबाट चैत ९ गते पक्राउ गरिएको थियो । विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू