अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२३ | Colorodo: 13:38

नाइजेरियामा एक प्रहरीले बालवालिकाको भीडमाथि कार चलाउँदा १० जनाको मृत्यु

बिआरटीनेपाल २०७६ वैशाख १० गते १०:०४ मा प्रकाशित

नाइजेरियामा आइतवार अबेर राति एक प्रहरीले बालबालिकाको समूहमाथि कार कुदाउँदा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । ईस्टर पर्व मनाइँदै गरिँदा यो घटना भएको एएफपी समाचार संस्थाले जनाएको छ ।

एएफपीले कुराकानी गरेका प्रहरी स्रोतका अनुसार, क्रुद्ध भीडले दोषी प्रहरीलाई कुटीकुटी मारेका छन् । घटना हुँदा ती प्रहरी ड्युटीमा थिएनन् । उक्त प्रहरीका साथै एक सांसद मारिएको प्रहरी प्रवक्ता मेरी माल्लुमले एएफपीलाई जानकारी दिएकी छिन् ।

सडक ब्लक हुँदाखेरी रिसाएका प्रहरीले जानीजानी भीडमा कार लगेर जोतेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । कारचालकले सडकमा रहेका बालबालिकासँग बाझाबाझ गरेको र रिसको सुरमा उनले बालबालिकामाथि कार गुडाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू