अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

बेलायती राजकुमार ह्यारी र मेगन मर्केलले बेलायत छोड्ने, अफ्रिकामा बस्ने अनुमान

बिआरटीनेपाल २०७६ वैशाख १० गते १०:०३ मा प्रकाशित

बेलायती राजकुमार ह्यारी र मेगन मर्केल विन्डसर फ्रगमोर कटेजमा सर्नुभएको छ । तर उहाँहरले एउटा नयाँ कदम चाल्ने योजना बनाईरहेको बताईएको छ । शाही परिवारको मिडिया सूत्रले जनाएअनुसार, ह्यारी र मेगन सन् २०२० सम्ममा बेलायत छोड्न सक्छन् । उनीहरू अहिले सन्तानको प्रतीक्षा गरिरहेका छन् । मेगन गर्भवती छिन् ।

बच्चा जन्मेपछि उनीहरू अफ्रिकाको कुनै मुलुकमा सर्ने तयारीमा रहेको बताइएको छ । मेगनले मे महिनाको शुरूआतमा शाही परिवारको नयाँ सदस्यलाई जन्म दिने सम्भावना छ । द सन्डे टाइम्सको एक रिपोर्टअनुसार, ह्यारी र मेगनलाई एक प्रमुख अन्तर्राष्ट्रिय जागिर दिइनेछ ।

त्यसपछि शाही जोडी बच्चा जन्मेपछि विदेश जानेछ । उनीहरूले आफ्नो योग्यताको उपयोग अफ्रिकामा गर्ने सम्भावना बढी रहेको बताइएको छ । बकिङघम प्यालेसले यी सबै खबरलाई अस्वीकार नगरेकाले ह्यारी र मेगन अफ्रिका जाने पुर्वअनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू