अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

फिलिपिन्समा भूकम्प, ११ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ वैशाख १० गते ९:५४ मा प्रकाशित

फिलिपिन्समा ६ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । लुजन आइल्याण्डलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण दर्जनौ घर भत्किएका छन् । ती घरमा दर्जनौं मानिस पुरिएका छन् ।

भूकम्पमा परेर कम्तिमा २० जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा समेत क्षति पुगेपछि हवाई सेवा अवरुद्ध बनेको छ । भूकम्पले राजधानी मनिलामा पनि क्षति पु¥याएको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्धाकार्य तीब्र गतीमा भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू