अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७ | Colorodo: 00:22

सरकार र राप्रपाबीचको पहिलो वार्ता निस्कर्षविहीन, हिन्दु राष्ट्रबारे छलफल भएन

बिआरटीनेपाल २०७६ वैशाख १० गते ९:३८ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच आज वार्ता भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्ता सैद्धान्तिक विषयमा छलफल नै नगरी टुंगिएको हो । वार्ताको अर्को मिति पनि तोकिएको छैन । वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानूनमन्त्री भानुभक्त ढकालले संघीय लोकतान्त्रिक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गर्नुभएको थियो ।

वार्तापछि पत्रकारसँग कुरा गर्दै उहाँले संविधानमा भएका व्यवस्थामा सरकारले सम्झौता नगर्ने भन्दै संविधानको व्यवस्था अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेको बताउनुभएको छ । राप्रपाका तर्फबाट वार्ता टोली संयोजक दीपक बोहराले सैद्धान्तिक विषयमा पुन छलफल गर्ने सहमति गर्दै आजको वार्ता सकिएको बताउनुभयो ।

अर्को बैठकको मिति नतोके पनि ४÷५ दिनमा बस्ने उहाँले बताउनुभयो । सरकारसँगको वार्तापछि राप्रपाले आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । वार्तामा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र राप्रपाका तर्फबाट वरिष्ठ नेता दीपक बोहरा र निरञ्जन थापा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू