अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

निर्देशक विकाशराज आचार्यको ‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनिक

प्रदिप कार्की २०७६ वैशाख ९ गते १९:५१ मा प्रकाशित

निर्देशक विकाशराज आचार्यको निर्देशनमा तयार फिल्म ‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आया‘जन गर्दै ‘एमजी रोडैमा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ भने यसमा शब्द र सङ्गीत पनि राजनकै रहेको छ । पुरुषोत्तम प्रधानको छायाङ्कन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता सलोन बस्नेत र डेब्यू ब्वाई अखिलेस प्रधान फिचर्ड छन् । गीतको बोलझैँ सिक्किमको एमजी रोडमै गीतको भिडियोको छायाङ्कन गरिएको छ । गीत सार्वजनिक गर्दै फिल्म आउँदो साउन ३० मा रिलिज हुने निर्देशक आचार्यले प्रस्ट्याए । कार्यक्रममा स्वस्तिमा, अखिलेस र सलोनसँगै आर्यन सिग्देल, प्रियङ्का कार्की, दीपा श्री निरौला, शिवहरि पौडेल, पटकथाकार सामिप्यराज तिमल्सेना लगायत उपस्थित थिए । फिल्ममा सञ्चिता लुइँटेल, अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ । फिल्ममा उदयराज सोताङ, राजनराज सिवाकोटी, वसन्त सापकोटा र प्रवीण पौडेलको सङ्गीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् । 

विकासराज आचार्य: गीतलाई विना सम्झौता निर्माण गर्ने प्रयास गरेका छौ । मेरो अघिल्ला फिल्म झैँ यसको गीतमा पनि उत्तिकै मेहनत गरिएको छ । हामीले यसको छायाङ्कन पनि बोल झैँ एमजी रोडमै गरेका छौ । नाइँ नभन्नु ल सिरिजबाट बाहिर आएर काम गरेको छु । आस छ उही माया पाउँछु र विश्वास घट्न दिएको छैन भन्ने भरोसा दिलाउन चाहन्छु ।

राजनराज सिवाकोटी: मैले सिक्किम पुग्दा सोचेको गीत हो यो । गीतलाई एरेन्जमा पनि मितज्यू राजन इशानले उत्तिकै मेहनतका साथ राम्रो बनाउने कोसिस गरेका छौ । गीतमा एमजी रोड त्यसका आसपासलाई शब्दलाई पनि ध्यान दिइएको छ । गीतलाई जसरी सुन्दर बनाएर दिएका थियौ , त्यसै अनुरूप भिडियो भनेको छ , निकै खुसी लाग्यो ।

कविराज गहतराज: गीत राम्रो भएकाले मलाइ भिडियो पनि राम्रो बनाउने चुनौती थियो । त्यही अनुरूप काम गरेको छु । गीतलाई एमजी रोडमै छायाङ्कन गरेका छौ भने त्यहाँको दृश्यलाई जस्ताको त्यस्तै देखाएका छौ । एमजी रोड कस्तो छ भन्ने गीतले पनि प्रस्ट्याउछ । गीतमा स्वस्तिमा, सलोन र अखिलेसले निकै राम्रो काम गर्नु भएको छ ।

स्वस्तिमा खड्का: गीतमा काम गर्दा पाएको दुखलाई आज पर्दामा हेर्दा भुले । त्यहाँ हामीले रोडमै छायाङ्कन गरेका थियौ । मैले निकै आस गरेको गीत हो । सबै टिमको उत्तिकै मेहनत छ । यो गीत आफूलाई पाउँदा निकै भाग्यमानी फिल गर्छु ।

सलोन बस्नेत: रोडमै गीतको छायाङ्कन देखिए जस्तो सहज थिएन । विभिन्न अड्चनलाई पार गर्दै शुटिंग गरेका छौ । गीतमा मैले, स्वस्तिमा र अखिलेसले उतिकै मेहनत गरेका छौ । विकास सरसँग काम गर्ने मेरो इच्छा यसमा आएर पुरा भएको छ ।