अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

अमेरिकाका विभिन्न सहरहरूमा किराँत राईहरूको महान् चाड उभौली साकेला कार्यक्रम हुँदै

बिआरटीनेपाल २०७६ वैशाख ९ गते १७:०७ मा प्रकाशित

भुट्नीज किराँत राई ओर्गनाईजेसन अफ अमेरिका (BKROA) ले अमेरिकाका विभिन्न सहरहरूमा किराँत राईहरूको महान् चाड उभौली साकेला कार्यक्रम गर्ने भएको छ ।

किराँत राईहरूको महान् चाड उभौली साकेला कार्यक्रम निम्न मिति र सहरहरूमा मनाउने तर्जुमा गरेको छः अप्रिल २७ तारिख एक्रोन, ओहायो, मे ११ बाल्टिमोर, म्यारिलन्डमा, मे ११ तारिख सिन्सिनाटि ओहायो, मे १२ तारिख क्लिभल्याण्ड, ओहायो, मे १८ तारिख स्प्रिङ्फिल्ड, मासाचुसेट्स र केन्द्रीय स्तरको साकेला मे २६ तारिख ईरि, पेन्सिलभेनियामा हुन गइरहेको छ ।

किराँत राईहरूको मौलिक संस्कार, संस्कृति, भाषा, लिपि, र रितिरिवाज संरक्षण र संवर्धन गर्ने मूल उदेश्यले स्थापना गरिए देखिनै निरन्तर रूपमा अन्य सामाजिक समुदायहरूसँग साझेदारी र समन्वय गर्दै समृद्ध किराँत समुदाय निर्माण, किराँत राईहरूको इतिहास र गाथा, मुन्दुम खोज-अनुसन्धान,मौलिक भेष- भूषा र संस्कृतिको उत्थान र प्रवर्धनको लागि लगातार रूपमा काम गरिरहेको छ ।

साथै Bhutanese Kirat Rai Org. of America Inc (BKROA) ले राईहरूको मिथक, मुन्दुम र तथ्यको आधारमा प्रत्येक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम साथै सामाजिक कार्यहरू पनि आयोजना गर्दै आइरहेको छ ।

विशेष गरी वैशाखे पूर्णेको दिन देखी औशि भित्र सम्म मनाईन्ने उभौली साकेला मूलतः मानव जाती र प्राणीहरूको कल्याण र दिर्घायुको कामना गर्दै सारा जगतमा सुख-शान्ति र समृद्धि होस भनी भूमिदेवको पूजा गर्दै विभिन्न चराचुरंगीहरको नक्कललाई नृत्य (सिली) मा प्रस्तुत गर्दै मनाइने गरिन्छ । त्यसै गरी मे २५ तारिख ब्रोकाको छैटौँ वार्षिक बैठक बिहान ठिक ११ बजे देखि साँझ ५ बजे सम्म ईरि सहरमा हुनेछ ।

उक्त साकेला कार्यक्रममा आयोजक साथै अन्य विभिन्न शाखाबाट सहभागी हुने सिलीकारहरूको सिली नृत्य बाहेक अन्य विविध सांस्कृतिक प्रदर्शनी, मनोरञ्जनमक रिसिया गायन र नृत्यहरू पनि रहने छ र उक्त बृहत् सांस्कृतिक कार्यक्रममा सम्पूर्ण आमा-बुवा, दाजु-भाइ, दिदी-बहिनी, विभिन्न सङ्घ-संस्थाका पदाधिकारीहरू, शुभचिन्तक, बुद्धिजीवीहरू, पत्रकार स्वयंसेवक र समर्थकहरू सबैलाई उपस्थित भई दिन हुन आयोजक समितिले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू