अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१९ | Colorodo: 10:34

विश्व पृथ्वी दिवस मनाईँदै

बिआरटीनेपाल २०७६ वैशाख ९ गते ९:५१ मा प्रकाशित

विश्व पृथ्वी दिवस सोमबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि मनाईँदैछ । हरेक वर्ष अप्रिल २२ मा पृथ्वीको रक्षाका लागि सचेतना फैलाउने उद्देश्यसहित यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा यो वर्षको नारा ‘मातृभूमि पृथ्वी – शिक्षा र जलवायु परिवर्तन’ भन्ने तय गरिएको छ ।

अमेरिकाले सन् १९७० अप्रिल २२ मा विश्वमा पहिलोपटक यो दिवस मनाएको थियो । सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरि पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गर्नुभएको थियो ।

तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गर्नुभयो । सन् २००९ मा राष्ट्रसंघको ६३ औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ । दिवसको अवसरमा पृथ्वीको पर्यावरणीय सुरक्षामा जोड दिने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू