अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

आठौं राष्ट्रिय खेलकुद– प्याराग्लाइडिङ तर्फ नेपाल आर्मी च्याम्पियन

बिआरटीनेपाल २०७६ वैशाख ९ गते ९:४० मा प्रकाशित

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा समपन्न प्याराग्लाइडिङ प्रतियोगितामा नेपाल आर्मीको त्रिभुबन क्लब टिम च्याम्पियन भएको छ । सोमबार सम्पन्न प्रतियोगितामा नेपाल आर्मी ४ स्वर्ण र ४ रजत पदक प्राप्त गरि च्याम्पियन बनेको हो । त्यसै गरि गण्डकी प्रदेश २ स्वर्ण, १ रजत र ४ काश्य पदक हात पार्दै दोश्रो स्थान ओगटेको छ भने प्रदेश नं १ एक रजत र १ काश्य पदकका साथ तेश्रो र प्रदेश ३ एक काश्य पदकका साथ चौथो भएको छ ।

सम्पन्न प्रतियोगितामा नेपाल आर्मीले एक्यूरेसी तर्फ पुरुष र महिला इन्डिभिजुअल, टिम एक्यूरेसी तथा पुरुष इन्डिभिजुअल क्रसकन्ट्रीमा गरि ४ स्वर्ण पदक हात पारेको हो । त्यसै गरि गण्डकी प्रदेश महिला इन्डिभिजुअल क्रसकन्ट्री र पुरुष क्रसकन्ट्री तर्फ २ स्वर्ण पदक हात पार्न सफल भएको छ ।

यहि बैशाख ६ गते बाट पोखरामा शुरु भएको प्याराग्लाइडिङ प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ काश्य पदकका लागि १० महीला सहित पुरुष ४९ गरि कुल ५९ जना खेलाडी भिडेका थिए । प्रतियोगितामा पाँच प्रदेश सहित नेपाल आर्मीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया