अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

सरकारका गतिबिधीले देश अधिनायकवाद तर्फ धकेलियो– सभापति देउवा

बिआरटीनेपाल २०७६ वैशाख ९ गते ९:१७ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका पछिल्ला गतिविधिले देश अधिनायकवादतर्फ धकेलिएको संकेत गरेको आरोप लगाउनुभएको छ । सोमबार झापाको चन्द्रगढी विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै सभापति देउवाले सेना परिचालनको जिम्मा प्रधानमन्त्रीले लिने प्रयास गर्नु तथा बालुवाटारको ललिता निवासको जग्गा प्रकरणले सरकारको अधिनायकवादी चरित्र प्रस्ट पारेको टिप्पणी गर्नुभयो ।

सभापति देउवाले नेकपाका महासचिव विष्णु पौडेलले किनेको भनिएको जग्गा सुवर्णशमशेरको रहेकाले सरकारले अधिग्रहण गरेको उक्त जग्गा यदि कसैले पाउने भए सुवर्णशमशेरका सन्तानले पाउनुपर्ने तर्क गर्नुभयो ।

एक फरक प्रसंगमा कांग्रेस कमजोर नबनेको दावी समेत देउवाले गर्नुभयो । चुनावमा भोट अरु पार्टीलाई दिएर कांग्रेस बलियो हुन नसक्ने उहाको भनाई थियो । प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु र पत्रकारलाई पक्राउ गर्नु सरकारी अधिनायकवादको पहिलो उदाहरण भएको सभापति देउवाको तर्क थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू