अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

आँखामा पट्टी बाँधेकाले सरकारको विकाश देखेनन् – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ वैशाख ९ गते ९:१५ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले चेतनाको पट्टी आँखामा बाँधेकाहरूले अहिलेको सरकारले गरेका विकास नदेखेको बताउनुभएको छ । कम्युनिष्ट पार्टी ७० वर्ष पुगेको अवसरमा सोमवार काठमाडौंमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

आफ्नो सम्बोधनको क्रममा सरकारविरुद्ध आलोचना गर्नेहरुमाथि खनिनुभएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले देश हरेक दिन एक कदम अगाडि बढेको दावी गर्दै सबै नागरिकको बैंक खाता, विद्यार्थी भर्ना जस्ता धेरै अनुकरणीय काम गर्न सरकार सफल भएको जिकीर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सुनकाण्डका अपराधीहरु र हराएको सुनबारे सोधिएका प्रश्नहरुमा पनि आपत्ति जनाउनुभयो । हराएको सुनबारे आफु जिम्मेवार हुन नसक्ने उहाँको भनाइ थियो । बर्तमान सरकार सरकार गठन भएपछि सुन तस्करी पनि रोकिएको ओलीले दावी गर्नुभयो ।

गत वर्षको बजेटमा वृद्ध भत्ता नबढाउँदा विरोध गरिएकोमा रुष्टता देखाउँदै प्रधानमन्त्रीले एक वर्ष बृद्ध भत्ता बढेन भनेर खुब बाँसुरी बजाईएको उल्लेख गर्दै अबको बजेट आएपछि आलोचकहरुको मुख बन्द हुने टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीले यसअघि नै आउँदो वर्ष वृद्ध भत्ता बढाउने सार्वजनिक गरिसक्नुभएको छ । सरकार सामाजिक न्यायसहितको सम्वृद्ध देश बनाउने अभियानमा लागेको प्रधानमन्त्रीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू