अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५८ | Colorodo: 02:13

चलचित्र कप्सको सुन्दरी देखेर आँखा सन्कियो…. रिलिज

बिआरटीनेपाल २०७६ वैशाख ८ गते १०:५१ मा प्रकाशित

काठमाडौँ । आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र ‘कप्स’ (सत्यम सेवा सुरक्षणम्)को दोस्रो गीत शनिवार दिउँसो रिलिज गरिएको छ । सुन्दरी देखेर आँखा सन्कियो…बोलको यो आइटम गीतमा कुनै डान्स क्लबमा नृत्यको दृश्य देखाइएको छ । त्यहाँ फिल्मका खलचरित्रहरु छन् । उनीहरूको निगरानी गर्न प्रहरी अधिकारी अभिनेता अनुप विक्रम शाही पुग्छन् ।

यो गीतलाई मिना निरौला र स्वयम्भूराज शाक्यले गाएका हुन् । जसमा स्वयम्भूराज शाक्यलकै सङ्गीत छ । गीतको रचनाकार सुरेन्द्र राना हुन् ।

यो चलचित्रलाई अग्रज कलाकार सम्राट सापकोटाले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्रको कथा अनुसार राखिएको यो आइटम गीत हो । यो चलचित्र प्रहरी सेवाको कथामा केन्द्रित रहेको निर्देशक सापकोटाले बताए । गीतमा नृत्य कलाकार रिया प्रधानको नृत्य निकै आकर्षक बनेको छ । गीतको नृत्यलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

यो चलचित्रमा अनुपविक्रम शाहीसँगै, सन्दीप लिम्बु, अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठलगायतको अभिनय छ । आर्या मुभिज र सारा श्री मूभिजले निर्माण गरेको यो चलचित्रमा सुसन प्रजापतिको छायाङ्कन, विपिन मल्लको सम्पादन, साम्राट सापकोटाकै लेखन रहेको छ । यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् ।

प्रतिक्रिया