अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२३ | Colorodo: 15:38

अनु भइन सातौँ जुनियर ब्याटल–२०१९

बिआरटीनेपाल २०७६ वैशाख ८ गते १०:१६ मा प्रकाशित

काठमाडौँ । सातौँ जुनियर ब्याटल–२०१९को उपाधि तोरण स्कुलका अनु भन्डारीले जितेकी छिन् । मिडिया ल्याण्डले शुक्रवार काठमाडौँको नाचघरमा अबेरसाँझसम्म आयोजना गरेको सो प्रतियोगितामा अनुले उपाधिसँगै एक लाख रुपैयाँ पैसा, क्राउन र विभिन्न उपहार प्राप्त गरिन् । उनले विदेशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

सो प्रतियोगितामा जुनियर तर्फ फस्ट रनर अपको उपाधि पाठशाला नेपालकी श्रेया थापा र सेकेन्ड रनर अपको उपाधि पाठशाला नेपालकै कुशल लामाले जिते । यस्तै सिनियरतर्फ फस्ट रनर अपको उपाधि एल आर आइ स्कुलबाट आजन्म सापकोटाले र सेकेन्ड रनर अपको उपाधि तोरण स्कुलबाट आस्मा थापाले हासिल गरे ।

कार्यक्रमको निर्णायकमा भूमिकामा गोपाल झा, सीता पाठक, निर्णय श्रेष्ठ, लसता जोशी, सङ्गीता श्रेष्ठ, उत्तम बनेपाली, महेश महर्जन, सुबेक्षा खड्का, धर्मेन्द्र सेवन, रोहित जोन क्षेत्री थिए । 

प्रतिक्रिया