अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 17:26

बैशाख १६ गतेबाट बजेट अधिबेशन

बिआरटीनेपाल २०७६ वैशाख ८ गते ९:५१ मा प्रकाशित

संघीय संसदको बजेट अधिवेशन वैशाख १६ गतेका लागि बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गतेका लागि बजेट अधिवेशन अर्थात संसदको वर्षे अधिवेशन आह्वान गर्नुभएको हो ।

वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनुका साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ । संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ ।

यसवर्ष वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू