अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३२ | Colorodo: 15:47

राजपाको बैठकमा ४ एजेण्डा पेश

बिआरटीनेपाल २०७६ वैशाख ८ गते ९:४५ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैठकमा चारवटा एजेण्डा प्रस्तुत भएको छ । महधिवेशनको मिति र तयारी, समसामयीक राजनीतिक परिस्थिति, स्थानीय तह र प्रदेश सरकारको काम कारवाही र पार्टी एकीकरण गरी चारवटा एजेण्डा प्रस्तुत भएका छन् ।

पार्टी कार्यालय बबरमहलमा आजदेखि शुरु भएको पदाधिकारी समितिको बैठकमा पार्टी अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले एजेण्डा प्रस्तुत गरेको पार्टीका प्रवक्ता एवं महासचिव केशव झाले जानकारी दिनुभयो ।

महोत्तरी पिपरा गाउँपालिकाको अध्यक्ष विनोद चौधरीको निधन भएको कारण बैठकमा एजेण्डा मात्र प्रस्तुत गरि स्थगित गरिएको झाले बताउनुभयो । चौधरी राजपा नेपालका नेता हुनुहुन्थ्यो । बैठक सोमवार पुनः बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू