अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

पार्टी एकता प्रक्रिया टुंगियो, भोलि औपचारिक घोषणा हुन्छ – अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ वैशाख ८ गते ९:३५ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले भोलि पार्टी एकता टुंगोमा पुग्ने प्रष्ट पार्नुभएको छ । नेकपा प्रदेश नम्बर ३ ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भोलि आयोजना हुने पार्टी स्थापना दिवसमा पार्टी एकता औपचारिक रुपमा टुंगोमा पुगेको घोषणा हुने प्रष्ट पार्नुभएको हो ।

नेकपा केन्द्रीय सचिवालयले स्थापना दिवसमा भोलि दिउसो १२ बजे प्रज्ञा भवनमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । अध्यक्ष प्रचण्डले एकता प्रक्रिया टुंगोमा पुग्दैन कि भनेर आशंका नगर्न आग्रह गर्दै भोलि नै पार्टी एकता प्रक्रिया टुंगोमा पुगेको औपचारिक घोषणा हुने बताउनु भयो । अध्यक्ष प्रचण्डले व्यक्तिको अनुहार हेरेर नभई सिद्धान्तमा टेकेर एकता प्रक्रिया टुंगिने जानकारी पनि दिनुभयो ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड,बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव बिष्णु पौडेलबीच हिजो नै एकताको बिषयमा लगभग सहमति जुटिसकेको छ । सोही सहमतिका आधारमा एकताको बाँकी काम टुंग्याएर भोलि घोषणा गर्ने गृहकार्यमा नेताहरु लागेका छन् ।

कार्यक्रममा सहभागी हुनुअघि बालुवाटार प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग एकताबारे छलफल गरेको जानकारी पनि अध्यक्ष प्रचण्डले दिनुभयो । बालुवाटारमा भएको छलफलले आज दिनभर गृहकार्य गरेर एकताको अन्तिम टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू