अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०३ | Colorodo: 02:18

गण्डकी प्रदेशका सांसदलाई आफ्नै सुरले खर्च गर्न २ करोड दिइने

बिआरटीनेपाल २०७६ वैशाख ८ गते ९:३४ मा प्रकाशित

गण्डकी प्रदेश सरकारले सांसदहरूलाई आफ्नो हिसाबले खर्च गर्न पाउने गरी २ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । आइतबार गण्डकी प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले आगामी वर्षको बजेटबाट गण्डकी सरकारले सांसदहरुलाई २/२ करोड रुपैयाँ प्रदान गर्न लागेको जानकारी गराउनुभयो । सरकारले पहिलो पटक बजेट ल्याउने बेलैमा गण्डकी प्रदेशका सांसदहरूले संघ सरकारले प्रदान गर्ने जस्तै निर्वाचन क्षेत्र पूर्वाधार विकास शीर्षकमा बजेट माग गरेका थिए । सरकारका अर्थमन्त्री किरण गुरुङले त्यतिबेलै यसलाई नीति बनाएर आगामी वर्षको बजेटमा समाबेश गरिने प्रतिवद्धता जनाउनुभएको थियो ।

यस बजेटलाई मुख्यमन्त्री गुरुङले राम्रो काममा प्रयोग गरेर आलोचना हुने काम नगर्न पनि सांसद्हरुलाई सचेत गराउनुभयो । उहाँले गण्डकी प्रदेशमा आलोचना नहुनेमा विश्वास पनि व्यक्त गर्नुभएको छ । उक्त रकम प्रत्यक्ष निर्वाचीत तथा समानुपातिकका सबै सांसदले पाउनेछन् । त्यसको कार्यविधी बनाउने तयारी सरकारले थालेको छ ।

केन्द्र सरकारको जसरी नै प्रत्यक्ष निर्वाचित र समानुपातिकका सांसदले आफू खुसी विकासमा खर्चन पाउने रकम भने घटबढ हुनेछ । सांसदहरूले उक्त दुई करोड रुपैयाँ कस्ता योजनामा खर्चन पाउने भन्ने बारे कार्यबिधी बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू