अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१४ | Colorodo: 06:29

नवनियुक्त न्यायाधीश तथा प्रमुख निर्वाचन आयुक्तले लिए सपथ

बिआरटीनेपाल २०७६ वैशाख ८ गते ९:३२ मा प्रकाशित

सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा नवनियुक्त न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सपथ गराउनुभएको हो ।

यी पाँच जनाले सपथ लिएसँगै सर्वोच्च अदालतमा न्यायाधीश संख्या २१ पुगेको छ । त्यस्तै आजै प्रधानन्यायाधीश जबराले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई पनि सपथ गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू