अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१० | Colorodo: 03:25

श्रीलंकामा शृङ्खलाबद्ध विस्फोट,कम्तीमा १३८ जनाको मृत्यु , ५०० भन्दा बढी घाइते

बिआरटीनेपाल २०७६ वैशाख ८ गते १:५८ मा प्रकाशित

श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं चर्चमा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा परी कम्तीमा १३८ जनाको ज्यान गएको छ । बिस्फोटका कारण अन्य ५०० जना भन्दा बढी घाइते भएका छन्।

पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र अर्को राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थियो । चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ। राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन्।मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको एक चर्चमा पनि बिस्फोट भएको छ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन्।गिर्जाघरमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ।यो समाचार तयार पार्दासम्म बिस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू