अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

खुम्बु भ्रमणमा आएका अमेरिकन नागरिकको मृत्यु

बिआरटीनेपाल २०७६ वैशाख ७ गते ९:५४ मा प्रकाशित

खुम्बु भ्रमणमा आएका एक अमेरिकन नागरिकको लडेर मृत्यु गएको छ । सगरमाथा क्षेत्रको भ्रमणमा आएका ३६ वर्षीय अमेरिकन नागरिकको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सगरमाथा आधार शिविर पुगेर फर्कने क्रममा खुम्बुपासाङल्हामु गाउँपालिका ३ को फाक्दिङमा लडेर किस्टोफर बेन्डनको मृत्यु भएको हो । शनिबार विहान फाक्दिङमा उनी लडेर करिव २०० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सालिग्राम शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू