अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

उत्तर कोरियाको दूतावासमा छापा मार्ने पक्राउ

बिआरटीनेपाल २०७६ वैशाख ७ गते ९:५२ मा प्रकाशित

स्पेनको राजधानी मड्रिडस्थित उत्तर कोरियाको दूतावासमा भएको छापामा संलग्न रहेको आरोपमा अमेरिकी अधिकारीले एकजनालाई पक्राउ गरेका छन् । अमेरिकी नेभीका पूर्वसदस्य क्रिष्टोफर एनलाई पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । मड्रिडमा रहेको उत्तर कोरियाको दूतावासमा छापा मार्ने समूहमा उनी पनि संलग्न रहेको आरोप छ । क्रिष्टोफरलाई लस एन्जलसमा रहेको अदालत उपस्थित गराउने तयारी भइरहेको छ । गत फेब्रुअरीमा मड्रिडमा रहेको उत्तर कोरियाली दूतावासमा एक समूहले छापा मारेको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच हानोइमा भएको वार्ता असफल भएको केही दिनपछि नै कोरियाली दूतावासमा छापा मारिएको थियो । उत्तर कोरियाले घटनाको छानबिन हुनुपर्ने बताएको थियो । यसमा उसले अमेरिकी संघीय अनुसन्धान ब्यूरोको संलग्नता रहेको हुन सक्ने जनाएको छ ।

घटनाका सम्बन्धमा पक्राउ पर्ने क्रिष्टोफर पहिलो व्यक्ति हुन् । आफूलाई मानवअधिकारवादी समूह बताउने फ्री जोसेअनले छापा मार्ने काम आफूले गरेको दाबी गरेको थियो । मड्रिडमा रहेको उत्तर कोरियाको दूतावासमा छापा मार्ने समूहले त्यहाँबाट कम्प्युटर तथा हार्ड ड्राइभ लगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू