अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४ | Colorodo: 07:49

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता – पोखरामा प्याराग्लाइडिङ तर्फका खेल शुरु

बिआरटीनेपाल २०७६ वैशाख ७ गते ९:४४ मा प्रकाशित

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शनिवार प्याराग्लाईडिङ्गका एक्यूरेसी र क्रसकन्ट्री तर्फका पहिलो राउण्डका खेलहरु पोखरामा सम्पन्न भएका छन । पहिलो दिनको खेलमा पुरुष एक्यूरेसी र क्रसकन्ट्री टिम र दुबै इभेन्टका इन्डिभिजुअलतर्फ मिश्रित परिणाम आएको छ ।

टिम एक्यूरेसी तर्फ नेपाली सेना १०७ अंकका साथ प्रथम स्थानमा रहेको छ भने गण्डकी प्रदेश १८५ अंकका साथ दोश्रो र ३३१ अंकका साथ प्रदेश नम्बर १ तेश्रो स्थानमा रहेका छन । त्यसै गरि सुदुर पश्चिम प्रदेश ११७० अंकका साथ चौथो, १८९६ अंकका साथ प्रदेश ३ पाँचौ र ३१३५ अंक बटुल्दै कर्णाली प्रदेश छैटौ स्थानमा रहेको छ ।

नेपालको खेल इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश भएको खेलमा विभागिय टिम नेपाली सेना र ५ प्रदेश गरि कुल ६ टिमका ५९ जना गरि खेलाडी सहभागी रहेका छन । प्रतियोगिता बैशाख ९ गते सम्पन्न हुने प्रतियोगितामा एक्युरेसी तर्फ ५ राउण्ड र क्रसकन्ट्रि तर्फ ३ राउण्ड प्रतिष्पर्धा गराइने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू