अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

अमेरिकामा आँधी, ४ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ वैशाख ७ गते ९:४१ मा प्रकाशित

संयुक्तराज्य अमेरिकाका मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीका कारण कम्तीमा ४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । मिसिसिपी राज्यको लिन्कन काउन्टीमा एउटा रूखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । अरु दुई जनाको गाडी चलाइरहेका बेला मृत्यु भएको थियो ।

अलाबामा राज्यको पेल नगरमा एक जना ४२ वर्षीया महिलाको घुम्ती निवासमा रूखले थिचेर मृत्यु भएको छ । आँधीले अमेरिकाको दक्षिणमा रहेका अलाबामा, मिसिसिपी, लुजियाना र टेक्सास समेतका राज्यहरूमा व्यापक क्षति पुगेको छ । मिसिसिपी राज्यमा आँधीबाट सर्वाधिक प्रभाव परेको छ । आँधीका कारण १ लाखभन्दा बढी मानिसका घरमा विद्युत् सेवा अबरुद्ध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू