अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

राजपाले मनायो तेस्रो वार्षिकोत्सव

बिआरटीनेपाल २०७६ वैशाख ७ गते ९:४० मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थापनाको तेस्रो वार्षिकोत्सव मनाएको छ । स्थानीय चुनावअघि २०७४ साल वैशाख ७ गते तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध ६ घटकले एकीकरण गर्दै राजपा नेपाल भन्ने नयाँ दल गठन गरेका थिए । काठमाडौंको डिल्लीबजारस्थित अमृत भोगमा राजपाले शनिवार वार्षिकोत्सव कार्यक्रमको आयोजना गरी पार्टी स्थापना दिवस मनाएको हो ।

बार्षिकोत्सव समारोहमा राजपाका शीर्ष नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, प्रधानमन्त्री केपी ओलीका सल्लाहकार विष्णु रिमाल लगायत नेता तथा शुभेच्छकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू