अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०९ | Colorodo: 17:24

नेपालमा एउटा कम्युनिष्ट पार्टी मात्रै रहने काग्रेस नेतृ सुजाता कोइरालाको दावी

बिआरटीनेपाल २०७६ वैशाख ७ गते ९:३८ मा प्रकाशित

नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले पद लोभ गरे काग्रेस सकिने बताउनु भएको छ । उहाँले कांग्रेस अहिलेकै अवस्थाबाट नसुध्रिए नेपालमा कम्युनिष्ट पार्टीमात्रै रहने पनि बताउनुभयो । आज पोखरामा जीपी फाउन्डेसन गण्डकी प्रदेशले स्व. गिरिजाप्रसाद कोइरालाको ९ औं स्मृति दिवसको अबसरमा आयोजना गरेको फोटो प्रदर्शनी तथा “शान्ति प्रजातन्त्र र विकासमा कोईरालाको योगदान” विषयक विचार गोष्ठीमा बोल्दै सो कुरा बताउनुभएको हो । नेतृ कोइरालले काँग्रेसमा पैसा संग टिकट साट्ने पद्धती समेत रहेको खुलासा गर्नुभएको छ ।

शान्ति प्रक्रिया भंग भए मुलुकमा फेरी अर्को माओबादी जन्मने भन्दै कोइरालाले काँग्रेस सहमति तथा सहकार्यको लागि सधै अग्रसर हुनु पर्ने बताउनु भयो । नेतृ कोईरालाले गणतन्त्र, संघियता असफल भए काँग्रेसपनि सकिने भन्दै गणतन्त्र र संघियतालाई सुदृढ बनाउन कांगे्रसलाई पनि बलियो बनाउन आबश्यक रहेको बताउनुभयो ।

पहिलेको काग्रेसले बोलेको कुरा गरेर देखाउने गरेको स्मरण गर्दै उहाँले अहिलेको काँग्रेसले बोलेको कुरालाई ब्यवहारमा कत्तिपनि कार्यान्वयन नगरेको टिप्पणी गर्नुभयो । आफ्ना पिता समेत रहनु भएका पुर्वप्रधानमन्त्री स्वं गिरिजाप्रसाद कोइरालाको स्मरण गर्दै नेतृ कोईरालाले हरेक जनताको पिरमर्का बुझेकाले कोईराला सवैको अभिभावक भएको बताउनु भयो । गिरिजा हुँदाको काँग्रेस र अहिलेको काँग्रेसका नेताहरुमा फरकपन आएको उहाँको भनाई थियो । कार्यकर्ताले पनि चुनावमा बाहेक अन्य दिन काँग्रेस नसम्झने गरेको कोईरालाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू