अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४९ | Colorodo: 03:04

सरकारलाई बिरोध र आलोचनाले असर गर्दैन – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ वैशाख ७ गते ९:३४ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले सरकारको कामलाई बिरोध र आलोचनाले कुनै असर नगर्ने बताउनुभएको छ । मुलुक सम्वृद्धिको बाटोमा अगाडि बढेको दावी गर्दै उहाँले कुनैपनि विरोध र आलोचनाले असर नगर्ने बताउनुभयो । जीतगढी विजय उत्सव समारोहलाई शनिवार बुटवलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले विरोध वा आलोचना गर्दैमा सरकार आफ्नो रफ्तारबाट पछाडि नहट्ने स्पष्ट पार्नुभयो ।

संविधानपछि संघीयताअनुसार बनेका ३ तहका सरकारले पहिलो वर्षमा आवश्यक कानुन निर्माण, कर्मचारी समायोजन र संरचना निर्माण गरेको प्रधानमन्त्री ओलीको भनाई थियो । नेपाल कब्जा गर्न आएका अंग्रेज फौजलाई हराएको जीतगढी किल्लाको चर्चा गर्दै प्रधानमन्त्री ओलीले अब देशभरका गढी र किल्लाको संरक्षण र संवद्र्धन गर्ने पनि बताउनुभयो ।

समारोहलाई सम्बोधन गर्दै सरकारका रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले विकासमा पक्ष–विपक्ष नहुने भन्दै इतिहासको खोजी र संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जीतगढीलाई सम्पदा सूचीका रुपमा अगाडि बढाएको बताउनुभयो । नेकपाका महासचिव विष्णु पौडेलले जीतगढी सँगै युद्धका अन्य स्थान नुवाकोट, मणिमुकुन्दसेन पार्क लगायतलाई जोडेर विकास योजना बनाउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू