अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४९ | Colorodo: 22:04

फेसबुकको चमत्कार

केशव रूपाखेती २०७६ वैशाख ६ गते १०:०४ मा प्रकाशित

नाघेर के’भो साठीको उमेर फेसबुकले घटाउँछ ।
तीनबीसलाई बाइस देखाई दिलमा बसाउँछ ।

चाउरे मुहार सम्याउनलाई फेसमेकर खडा छ नि,
देखेर ठिटी मख्खनै बनी बोलाउँछिन् बाबा भ’नि ।

फेसबुकको नसा बनेर दशा आएसी जीवनमा,
दुईतर्फ मुख बनाई बस्छन् दम्पत्ति शयनमा ।

नआएसम्म आँखामा नीद यसमै झुण्डेर,
मनको कुरा नभनी बस्छन् बोल्दैनन् खुलेर ।

बाल र वृद्ध सबैका लागि समय कटाउन,
सहारा लिन्छन् यसको सबले दिलमा अटाउन ।

तन्नेरीहरू झुलेर बस्छन् गाँस नै छोडेर,
माया जाल झुटो बुनेर हिँड्छन् घरबार तोडेर ।

खेलेर बस्छ जुवा र तास काम लेख्छ अधिकृत,
पत्याउनेले पत्याइदिँदा भयो झन् विकृति ।

सक्षम हुन्छ जो मानिस आफू ढुक्कले बस्दछ,
काम छैन जसको फेसबुकमा भने डाक्टर लेख्दछ ।

घर भरी हुन्छन् छोरा र छोरी राख्दैनन् विवरण,
एक सँग अर्को फसेका हुन्छन् बुझ्दा त ठण्डाराम ।

बेरोजगारहरू फेसबुकमा हेर्नुस् गर्दछन् तामझाम,
बनाउनुस् सक्षम आफूलाई गर्नु पर्दैन है विज्ञापन ।

# धादिङ

प्रतिक्रिया