अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

सातौं दक्षिण एसियाली क्षेत्रीय मानवअधिकार सम्मेलन काठमाडौंमा सुरु

बिआरटीनेपाल २०७६ वैशाख ६ गते ९:४७ मा प्रकाशित

सातौं दक्षिण एसियाली क्षेत्रीय मानवअधिकार सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । दुईदिने सम्मेलनको पहिलो दिन विभिन्न देशका प्रतिनिधिहरुले मानवअधिकारको रक्षा र त्यसका लागि युवाहरुको भूमिकाका विषयमा छलफल गरेका छन् ।

कार्यक्रमका सहभागीहरुले मानवअधिकार संरक्षण र प्रवद्र्धनका लागि समान विचारधारा भएका क्षेत्रीय संगठनहरुले सहकार्य गर्नु जरुरी रहेको धारणा राखेका थिए । वक्ताहरुले मानवअधिकारको विषय निकै संवेदनशील भएको बताउँदै नयाँ पुस्तालाई पनि यसप्रति जिम्मेवार बनाउन आवश्यक रहेको औंल्याएका छन् । सम्मेलनमा भारत, इन्डोनेसिया, श्रीलंकालगायत ९ देशका प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू