अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

लिबियामा हिंसा, २०५ जनाको मृत्यु, १ हजार घाइते

बिआरटीनेपाल २०७६ वैशाख ६ गते ९:४५ मा प्रकाशित

लिबियाको राजधानी त्रिपोलीमा चर्किएको हिंसामा २०५ जनाको मृत्यु भएको छ । लिबियाली सेना र विद्रोही सेना लिबियन नेसनल आर्मीबीच जारी संघर्षमा ठूलो संख्यामा मानिसको ज्यान गएको हो । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ट्वीट गर्दै यसबारे जानकारी गराएको छ ।  डब्ल्युएचओका अनुसार त्रिपोली कब्जा गर्न सरकारी सेना र विद्रोही सेनाबीच दुई हप्तादेखि संघर्ष जारी छ। दुई पक्षबीचको संघर्षका क्रममा हालसम्म करिब एक हजार मानिस घाइते भएका छन् । लिबियाली शासक मुअम्मर गद्दाफीको मृत्यु भएपछि देशमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार र विद्रोहीबीच संघर्ष जारी रहेको छ ।

विद्रोही पक्षले समानान्तर सरकार गठन गरेर आफूहरु आधिकारिक भएको दाबी गर्दै साबिकको राजधानी त्रिपोली कब्जा गर्ने तयारी गरेपछि द्वन्द्व चर्किएको हो । यसैबीच भारतले लिबियामा रहेका आफ्ना नागरिकलाई सुरक्षित रूपमा भारत फर्काउने पहल सुरु गरेको छ । एक हेल्पलाइन नम्बर जारी गर्दै भारतले नागरिकलाई भारत फर्काउने कोशिस गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू