अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२३ | Colorodo: 15:38

’राष्ट्रिय जागरण अभियान’का लागि कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि

बिआरटीनेपाल २०७६ वैशाख ६ गते ९:३० मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । वैशाख ११ गतेबाट सुरु हुन लागेको पहिलो चरणको जागरण अभियानका लागि कांग्रेसले शुक्रबार ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाएको हो ।

कांग्रेसले पहिलो चरणको जागरण अभियानमा केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय अनुशासन समितिका सदस्यहरुलाई जिल्ला प्रतिनिधिका रुपमा भने खटाएको छैन् । केन्द्रीय पदाधिकारी र अनुशासन समितिका सदस्यहरुलाई भने प्रतिनिधिका रुपमा नखटाईएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

पहिलो चरणको ‘हिमाल पहाड, तराई–मधेस नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ वैशाख ११ मा सुरु भएर जेठ ११ मा सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू