अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५० | Colorodo: 17:05

भारतमा लोकसभा निर्वाचन – विभिन्न १२ राज्यमा मतदान

बिआरटीनेपाल २०७६ वैशाख ५ गते १०:४९ मा प्रकाशित

भारतमा लोकसभा निर्वाचन अन्तर्गत बिहीबार दोस्रो चरणमा १२ राज्यका ९५ सिटका लागि मतदान सम्पन्न भएकाे छ । सात चरणमा निर्वाचन गर्ने कार्यतालिका अनुसार बिहीबार दोस्रो चरणअन्तर्गतका क्षेत्रमा मतदान भएको हो । स्थानीय समयअनुसार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएकाे हाे । भारतको निर्वाचन आयोगका अनुसार ९५ सिटका लागि एक हजार पाँच सय ९६ प्रत्याशी चुनाव मैदानमा छन् ।

उडिसा र असमका पाँच/पाँच क्षेत्र, तमिलनाडुका ३८, कर्नाटकका १४, महाराष्ट्रका १०, छत्तीसगढ र पश्चिम बंगालका तीन/तीन, जम्मु कश्मीरका दुई तथा मणिपुर र पण्डुचेरीका एक–एक सिटका लागि बिहीबार मतदान भएकाे हाे ।

यसैवीच भारतको पूर्वीराज्य उडिसामा एक महिला निर्वाचन अधिकारीको हत्या भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ती महिला अधिकारीलाई सन्दिग्ध माओवादीले हत्या गरेका हुन् । संजुक्ता दिगल नाम गरेकी ती अधिकारी मतदान केन्द्रतिर जाँदै गर्दा उनको गाडीमा माओवादी आक्रमण भएको बताइएको छ । ओडिशाको कन्धमालमा आज सबेरै दिगलको गाडीमा माओवादीले विस्फोटक पदार्थ राखिदिएको बताइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू