अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१० | Colorodo: 15:25

खेलकूदको विकासका लागि विशेष पहल आवश्यक – राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७६ वैशाख ५ गते १०:३२ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकूदको विकास र खेलाडीको आवश्यकतालाई पूरा गर्न स्थानीय तहदेखि नै विशेष पहल गरिनुपर्ने बताउनुभएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज नेपालगञ्ज रङ्गशालामा उद्घाटन गर्दै उहाँले सुविधासम्पन्न खेलकूदका पूर्वाधार विकास र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

“सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार पार्न खेलकूद क्षेत्रले मद्दत पु¥याउँछ भन्ने महसुस गरेको छु”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यसबाट नागरिकको स्वास्थ्य तथा खेल पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको छु ।” खेलकूद प्रतियोगिता निर्धा्रित मितिमै आयोजना भएकामा खुशी व्यक्त गर्दै उहाँले केही वर्षदेखि नेपाली खेलाडीले राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय खेलकूद प्रतियोगितामा हासिल गरेका उपलब्धि उत्साहप्रद रहेको उल्लेख गर्नुभयो ।

“राज्यले आफ्नो सीमित स्रोतसाधनका बाबजुद खेलकूदको विकासमा गरेको लगानीका कारण नेपाली खेलाडीमा प्रेरणा प्राप्त हुँदै प्रतिस्पर्धात्मक क्षमता बढेको महसुस गरेको छु”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “खेलाडीको वृत्तिविकासमा यथोचित ध्यान पु¥याउँदै खेलाडीको साथमा सधैँ राज्य छ भन्ने भावना अझ जागृत गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।” सधैँ राष्ट्रिय झण्डा फहराएर देशको गौरव उँचो पार्न सक्षम खेलाडीले शिक्षा आर्जनमा समेत ध्यान पु¥याउनुपर्ने उल्लेख गर्दै उहाँले खेलकूदको जगका रुपमा रहेको विद्यालय तहदेखि नै खेलकूदमा विद्यार्थीको सहभागिता बढाएर देशलाई अन्तर्रा्ष्ट्रिय जगतमा परिचित गराउन लाग्नुपर्नेमा जोड दिनुभयो । “खेल क्षेत्रका नीति निर्माता र व्यवस्थापक खेलकूदको विकासमा केन्द्रित बन्नुपर्दछ”, उहाँले भन्नुभयो । ठूलो लगानीसहित नेपालगञ्जले राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्ने दोस्रो पटक अवसर पाएकाले यस क्षेत्रमा खेलकूदको पूर्वाधार विकास गर्न मद्दत पुगेको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

खेलकूद प्रवद्र्धन तथा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याउने प्रतियोगिताको आयोजक राष्ट्रिय खेलकूद परिषद्का पदाधिकारीलाई राष्ट्रपति भण्डारीले धन्यवाद र खेलाडीलाई शुभकामनासमेत व्यक्त गर्नुभयो । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोहलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिता सफलताको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू